सुनको मुल्यमा निरन्तर वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको भाउ निरन्तर वृद्धि भएको छ । जेठ ८ गते आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । तर चाँदीको भाउ भने आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम कारोबार दिन पनि सुन प्रतितोला एक हजार रुपैयाँले बढोत्तरी भएर ९७ हजार ३०० रुपैयाँ पुगेको थियो । सुनकाे भाउ लगातार तेश्राे दिन बढेकाे हाे ।

साताको पहिलो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्