शुक्लाफाँटाको मेयरमा एमालेका महरा र उपमेयरमा काँग्रेसका जोशी निर्वाचित

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गरेको शुक्लाफाँटाका निर्वाचन अधिकृत तारा प्रसाद जोशीले बताए । उनका अनुसार महराका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत प्राप्त गरे ।

त्यस्तै, शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी कल्पना कुमारी जोशी निर्वाचित भएकी छिन् । नगर उपप्रमुख जोशीले ६ हजार ५ सय १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माधव प्रसाद पन्तले ५ हजार ३ सय ६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्