मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लामा निर्वाचित

काठमाडौँ – मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छिरिङ क्याप्ने लामा निर्वाचित भएका छन् ।  निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार छिरिङ क्याप्ने लामा १,५७१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सोनाम छिरिङ लामालाई ८२ मतान्तरले पराजित गरेका हुन् । पराजित सोनाम छिरिङ लामाले १,४८९ मत ल्याएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेका छिरिङ पुटि लामा विजयी भएका छन् । उनले १५१६ मत ल्याएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गुरु श्याङ्ग्याप लामालाई १३१ मतान्तरले पराजित गरेका हुन् । पराजित गुरु श्याङ्ग्याप लामाले १३८५ मत ल्याएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्