दार्चुला काँग्रेसका सचिव कार्की गाउँपालिकामा पराजित

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाका जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की आफ्नै गाउँपालिकामा पराजित भएका छन् । कार्की नेकपा एमालेका नरेन्द्रबहादुर सिंह डडाल सँग पराजित भएका हुन् । डडालले २८८६ मत ल्याउदा कार्कीले २७९६ मत प्राप्त गरे । पुलेन्द्र बहादुर कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा दुँहु गाउँपालकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनी काँग्रेसको १४ औ महाधिवेशनबाट सर्वाधिक मत सहति जिल्ला कार्य समितिको सचिवमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्