नुवाकोटको तादीको अध्यक्षमा काँग्रेसका सन्तमान र उपाध्यक्षमा माओवादीकी सन्जु निर्वाचित

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । तामाङ मत ३२ सय ४१ ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्दी किरण रिजालले २५ सय १८ मत पाए । रिजाललाई पछि पार्दै तामाङ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सन्जु प्याकुरेलले ३३ सय ९७ मत सहित जीत हासिल गरेकी छन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसकी इश्वरी उप्रेतीले २७ सय ७८ मत प्राप्त गरेकी छिन् । उप्रेतीलाई हराउँदै प्याकुरेल उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

यस्तै तादी गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसका नकुर दोङ तामाङ, वडा न.. २ मा नेकपा माओवादी केन्द्रका बच्चुरामा तामाङ, वडा नं. ३ मा नेपाली काँग्रेसका सोनाम तामाङ निर्वाचित भएका छन् । यस्तै वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका अस्मिन कुमार पाण्डे, वडा नं. ५ मा नेकपा एमालेका सरोज भण्डारी र वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्