दार्चुलाको लेकम –४ को अध्यक्षमा महेन्द्र जोशी निर्वाचित, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र जोशीले जीत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पुष्पराज जोशीलाई पराजीत गर्दै महेन्द्र जोशीले जीत हासिल गरेका हुन् । महेन्द्रले ४८० मत पाए भने पुष्पराजले ४३९ मत पाए । महेन्द्र गठबन्धनको प्यानल सहित विजय भएका हुन् । यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामदत्त जोशीको अग्रता कायमै छ । भने उपाध्यक्षमा नेकपा एमालेकी उपाध्यक्ष माधवी जोशीले अग्रता लिएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्