बाजुराको खप्तड छेडेदह – १ मा काङग्रेसको सिङ्गो टिम बिजयी

देबराज पाध्याय
बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न १ को प्रारम्भीक नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार बिर बहादुर रावल बिजयी भएका छन । उनका प्रतिद्धन्दी नेकपा एमालेका दान बहादुर रोकायालाई पराजित गर्दे रावल बिजयी भएको जनाएको छ । विजयी रावलले ६ सय ९ र रोकायाले ५ सय ७० मत ल्याएका छन् ।

विजयी रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । अघिल्लो महिना मात्रै नेकपा एमाले परित्याग गरेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । साबिकको काँडामा गठबन्धन भएको थिएन भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्