दार्चुलाको लेकम-१ काे वडा अध्यक्षमा पन्त विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए । यस्तै सबै वडा सदस्यहरुमा पनि नेकपा एमालेले जीत हात पारेको छ । गाउँपालिका उपाध्यक्षमा वडा नं. १ बाट एमालेकी माधवी जोशीले अग्रता पाएकी छिन् भने गठबन्धनकी सुना जोशीले उनलाई पछ्याइरहेकी छिन् । यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनका रामदत्त जोशी आरडी ५७२ मत सहित ठूलो मतान्तरले अगाडी छन् भने नेकपा एमालेका प्रमानन्द जोशी ३१४ मत सहित उनलाई पछ्याउदै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्