मतगणनाका लागि दार्चुलाको सबै मतगणनास्थलमा सीसीटीभी जडान

दार्चुला – स्थानीय तहको निर्वाचनको मतगणनाका लागि दार्चुलाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरिएको छ ।

जिल्लाका नौवटै मतगणना स्थलमा सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महाकाली नगरपालिकामा नगरपालिकाको हलमा मतगणना गर्ने तयारी छ । मतगणना स्थलमा तारजाली लगाउने र सीसीटिभी जडान गर्नेकार्य भइरहेको छ । व्यास गाउँपालिकाको मतगणना ४ नम्वर वडा कार्यालयमा गरिने भएकाले सीसीटीभी र तारजाली लगाएर व्यवस्थापन गरिएको छ । यस्तै दुहुँ गाउँपालिकामा गौरिलमाण्डौ माध्यमिक विद्यालय हिकीलामा मतगणनाका लागि व्यवस्था गरिएको छ । साथै मतगणना स्थलमा बैकल्पीक उर्जा सोलार समेत जडान गरेर रातीमा पनि मतगणनाको काम गरिने भएको छ ।

मालिकार्जुन गाउँपालिमा पनि शंकरपुर माध्यमिक विद्यालय पस्तीमा मतगणना स्थल राखेको छ । मतगणना स्थलमा सीसीटीभी क्यामेरा र तारजाली लगाएर व्यवस्था मिलाइएको छ । यस्तै लेकम गाउँपालिकाको हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा मतगणना स्थल राखिएको छ । मतगणना स्थलमा सीसीटीभी क्यामेरा र तारजाली लगाएर व्यवस्था मिलाइएको छ । साथै विधुतमा समस्या आएमा जेनेरेटरको व्यवस्था गरिएको लेकम गाउँपालिका निर्वाचन अधिकृत ज्ञानेन्द्र पराजुलीले बताए । शैल्यशिखर नगरपालिमा गोकुलेश्वर क्याम्पसमा मतगणना स्थल राखिएको छ । मतगणना स्थलमा सीसीटीभी जडान र तारजाली लगाएर व्यवस्थीत बनाइएको छ । गोकुलेश्वरमा विधुत् कटौती बढी भइरहेकाले जेनेरेटरको व्यवस्था गरिएको शैल्यशिखर नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मार्मा गाउँपालिकामा पनि मतगणना स्थलमा सीसीटीभी जडान र तारजाली लगाएर व्यवस्थीत बनाइएको छ । यस्तै अपिहिमालमा गाउँपालिमा मतगणना स्थलमा सीसीटीभी जडान र तारजाली लगाएर व्यवस्थापन गरीएको छ भने विद्युत नभएकाले सोलार जडान गरिएको छ । दिनमा घाम लागे मात्रै नेटवर्क आउने भएकाले सुचना प्रवाह लगायतमा समस्या भइरहेको अपिहिमाल गाउँपालिका निर्वाचन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनु भयो । जिल्लामा सात वटा गाउँपालिका र दुईवटा नगरपालिका छन् । जसमा ६१ वटा वडा रहेका छन् । जिल्ला भरिको मतदाता संख्या ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला गरि ८८ हजार २ सय ८५ मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्