बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

सांकेतिक तस्विर

बझाङ – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्