४ दिनमा मात्रै २ लाख भन्दा बढीले उपत्यका छोडे

काठमाडौं – पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार भने बाहिरिनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्