सर्वदलीय बैठकमा काँग्रेस नेता खुकुरी लिएर पुगेपछि . . .

गोरखा – स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डीएसपी लिलाराज लामिछानेले बताए ।

‘वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै उहाँ झोला बेकेर आउनुभएको रहेछ,’ उनले भने, ‘शंका लागेर झोला चेकजाँच गर्दा खुकुरी भेटियो ।’ गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्