धनगढी उडेको श्री एअरलाइन्सको इन्जिनमा समस्या, जहाज काठमाडौँ फर्कियो, अर्को जहाजबाट यात्रु पठाइँदै

FILE PHOTO

काठमाण्डौ – काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका सदस्य गरी ८७ जना व्यक्ति सवार थिए ।

अहिले जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । एउटा इन्जिनले काम नगर्दा पनि अर्को इन्जिनले पूर्ण क्षमतामा काम गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको र सुरक्षित अवतरण गराइएको मानन्धरले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्