मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने

काठमाडाैं – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् ।

अघिल्लो चुनावमा पनि निर्वाचन आयोगले मतदान गर्ने अधिकारबाट बञ्चित नहुन भन्ने उद्देश्यले स्पष्ट फोटो देखिने सरकारी कागजातबाट समेत मतदान गर्ने व्यवस्था गरेको थियो । यस बर्ष निर्वाचन आयोगले मतदाता परिचयपत्रबाट मात्रै मतदान गर्ने तयारी गरेतापनि अन्तिम चरणमा आएर नेपाली नागरिकताको आधारमा समेत मतदान गर्ने व्यवस्था मिलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्