आईपीएल क्रिकेट : गुजरात प्लेअफमा, लखनउ ६२ रनले पराजित

काठमाण्डौ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो । गुजरातका शुभमन गिलले अविजित ६३ रनको अर्धशतकीय पारी खेले । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७ तथा क्विन्टन डी ककले ११ रन जोडे ।

गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २/२ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ । गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लखनउ १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । गुजरात र लखनउ आईपीएल क्रिकेटमा नवप्रवेशी टोली हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्