लेकम गाउँपालिकामा ईन्द्र साउदले लिए अध्यक्षको उम्मेदवारी फिर्ता

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका ईन्द्र सिंह साउदले उम्मेदवारी फिर्ता लिएका छन् । दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी मनोनयन दर्ता भएको थियो जसमा अध्यक्ष पदमा दुई जनाले शुक्रवार उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिनेमा कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका इन्द्र साउँदले निर्वाचन अधिकृतको कार्यालय रातामाटाबाट उम्मेदवारी फिर्ता लिएका हुन् ।

अध्यक्ष पदमा नेकपा एमालेबाट परमानन्द जोशी, सत्तागठन्धनबाट माओवादीका रामदत्त जोशी, नेकपा (एकीकृत समाजवादी) बाट नरेन्द्र रावल, दयालु नाथ बिच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेका माधवी जोशी, गठबन्धनबाट कांग्रेसका सुना जोशी र स्वतन्त्रबाट अनिता धामीले उम्मेदवारी दिएको हो । जसमा शुक्रवार धामीले उम्मेदवारी फिर्ता लिएका छन् ।
लेकमको वडा नम्बर ५ को वडाअध्यक्षमा राप्रपाबाट उम्मेदवारी मनोनयन दर्ता गराएका कम्मानसिंह बोहराले पनि उम्मेदवारी फिर्ता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्