इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गयाे

चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय नाघेको छ ।

यसैबीच इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको छ । बुधबार ७० वर्षीय एक व्यक्तिको ज्यान गएको इराकले आफ्नो आधिकारिक बयानमा बताएको छ । इराकमा सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ ।

कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९४ हजार एक सय ७५ पुगिसकेको छ । त्यस्तै ५१ हजार बढी उपचारपछि घर फर्किएका छन् । ८० भन्दा बढी देशमा कोरोनाको सङ्क्रमण देखिइसकेको छ ।

चीनमा ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण फैलिरहेको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ९२ जनाको ज्यान गएको छ भने दुई हजार ९ सय २२ जनामा सङ्क्रमण पाइएको छ ।

कोरोनाको कारण इटलीमा ७९ जनाको ज्यान गइसकेको छ । इटलीमा सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पुगेको छ । त्यस्तै दक्षिण कोरियामा ३३ जनाको ज्यान गएको छ भने पाँच हजार ६ सयभन्दा बढी सङ्क्रमित पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्