बैतडीमा चितुवाको अक्रमणमा परि आठ वर्षकाे अवधिमा २४ जनाको ज्यान गयो

२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीका तीन वटा स्थानीय तहमा चितुवाको अक्रमणमा परि २४ जना बालबालिकाले ज्यान गुमाइसकेका छन भने १३ जना घाईते/अपाङ्ग बनाएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।

चितुवा गाउँमा पसेर बालबालिकाको शिकार गर्दै आईरहे पनि चितुवा अहिलेसम्म नियान्त्रणमा आउन सकेको छैन । सात वर्षको अवधिमा चितुवाको आक्रमणमा परेर ज्यान गुमाउने बालबालिकामा विशापुरका वीरबहादुर चन्द (डेढ वर्ष ) उदयदेवका सुनिल साउद (अढाई वर्ष) पञ्चेश्वरकी सुनिता साउद ( १० वर्ष) किथ्थी देवी साउद (२७ वर्ष) र आशाकुमारी कोली (१३ वर्ष) रहेका छन् ।
त्यसैगरि कुलाउकी निर्मला कुमारी ११ वर्ष, विशालपुरका दिपक चन्द ४ वर्ष, नवीन भट्ट ६ वर्ष, सुरज लोहार १० वर्ष, चम्फाकुमारी भट्ट ११ वर्षका रहेका छन् । आमचोराकी सुप्रिया चन्द ४ वर्ष र मञ्जु चन्द ८ वर्षका रहेका छन् ।

त्यसैगरि ज्यान गुमाउनेमा गिरेगाडाका सन्तोष चन्द ७ वर्ष, शर्मालीकी पार्वती चन्द, आमचोराका महेश चन्द ४ वर्ष, विशालपुरकी कोपिला चन्द डेढ वर्ष, र प्रतिष्ठाकुमारी बिष्ट ३ वर्ष, सपना लुहार १६ वर्ष, डम्बर सोनी ८ वर्षका पनि विशालपुरकै रहेका छन् । ज्यान गुमाउनेमा उदयदेवकी ललिता साउद ६ वर्ष, महाकालीका सचिन साउद, उदयदेवका चन्चला साउद ७ वर्ष, उजली साउद १२ वर्ष र शिवनाथका सुदिप मडै ७ वर्षका गरि २४ जनालाई चितुवाले आहारा बनाईसकेको छ ।

चितुवाले काख रित्तो बनाएपछि पञ्चेश्वर गाउँपालिका–४, आमचोराकी निर्मला चन्द घर छोडेर अर्को बिनायक गाउँमा सहारा लिएर बसिरहनु भएको छ । उहाँका ५ वर्षिय छोरा महेश चन्दलाई घरमै आएर चितुवाले दिउँसै खाएपछि उहाँ आफु बस्दै आएको घर छोडेर छिमेकीकोमा आश्रय लिएर बसिरहनु भएको हो । पीडित चन्दले भन्नुभयो, “घटनापछि त्यो घरमा जानै मन लाग्दैन । छोराकै अनुहार आँखा घुम्छ । रोजगारीका लागि श्रीमान परदेश गएका छन् । ”

नरभक्षी चितुवाको आक्रमण परेर बैतडीको शिवनाथ गाउँपालिकामा एक युवक घाईते भएका छन् । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–४ खडिक गाउँका १६ वर्षिय हर्केस साउदलाई बुधबार साँझ ७ ः०० बजे चितुवाले आक्रमण गरेर घाईते बनाएको हो ।

आठ वर्षको अवधिमा बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले २४ जना बालबालिको शिकार गरिसकेको छ । २०७६ भदौ २१ गते शिवनाथ गाउँपालिक वडा नम्बर –२ का सात वर्षिय सुदिप मडैलाई नरभक्षी चितुवाले झम्टेर जंगलमा लगेर खाएको थियो ।

भदौपछि एक्कासी पुनः फागुनमा देखापरेको चितुवाले बुधबार साँझ पिपलकोट माध्यमिक विद्यायमा लोजनीमा कक्षामा ९ मा अध्ययनरत हर्केस साउद बुधबार साँझ विद्यालयबाट घर फर्केर गाउँ नजिकैको मकैल गाउँमा लागेको पूजापाठ र कथाको निम्तोमा जान लागेको बेलामा चितुवाले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी हुने बित्तिकै स्थानीय सुल्लेखान प्रहरी चौकीबाट घटना स्थलमा प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणमा परेर साउदको दायाँ खुट्टामा गम्भीर घाउ बनेको छ । चितुवाले आक्रमण गर्ने बित्तिकै स्थानीय गाउँलेले होलल्ला गरेपछि चितुवा भागेको थियो । घाईते युवालाई उद्धार गरेर पिपलकोट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

गत २०७६ भदौमा शिवनाथ गाउँपालिका –२, मा चितुवाले आक्रमण गरेर एक बालको ज्यान गएको छ मसहना बित्न नपाउँदै गाउँमा पुनः नरभक्षी चितुवाको आतङ्क सुरु भएको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकामा विगत ८ वर्षमा नरभक्षी चितुवाले २४ जनाको ज्यान लिईसकेको छ ।

नरभक्षी चिनुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा निरन्तर बालबालिकाको शिकार गर्न थालेपछि गाउँले पीडित हुँदै आएको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ ।

 

साभार : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्