कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो ।
भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।

काठमाण्डौमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ । काठमाण्डौबाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको छ । भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्