बेनि समाज काठमाडौँद्वारा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

सुष्मा भट्ट / काठमाडौँ – शनिबार बालाजुको बसुन्धारामा साहित्यकार नरबहादुर विसीले संकलित गरेको गीतको संगालो यानीमाया पुस्तकको लोकार्पण कर्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा डा. षडानन्द पौड्यालको उपस्थिति रहेको थियो । ग्रामीण क्षेत्रको दुख पीडामा रहेको अशक्त मानिसहरुको स्थतिलाई यानीमाया संग्रहमा उजागर गरिएको छ । धौलागिरी क्षेत्रको लोकभाका र गाउँखाने कथामा आधारित रहेको यानीमाया गितिसंग्रहले समाज परिवर्तन गर्ने उद्देश्य राखेको भन्दै डा. पौड्यालले पुस्तकको समिक्षा गरे । हालसम्म गीत, कथा, नाटकीय क्षेत्रमा कलम चलाएका विसीले यानीयमा गीतसंग्रहसँगै नौ वटा कृति प्रकाशित गरेका छन् । २०६६ सालमा पर्वतको बेनीबाट काठमाडौँ आएर बसेका मानिसहरुले स्थापना गरेको बेनी समाज काठमाडौँले कोभिडको समस्यामा परेका व्यक्तिहरुलाई अक्सिजन उपलब्ध गराउनुका साथै हालसम्म थुप्रै समस्याहरुको सामाधानमा सहयोग पुर्याउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्