अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै, मुलुकको आर्थिक अवस्थालगायत विषयमा जानकारी गराउने

file photo

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गर्न लागेको बताइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गरेको थियो । पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको उपस्थितिमा आइतबार एमालेले पत्रकार सम्मेलन गरेको थियो ।

एमालेले मुलुकको आर्थिक अवस्था बिग्रनुमा अर्थमन्त्रीको दोष भए पनि गभर्नरलाई निलम्बन गरिएकोमा आपत्ति जनाउँदै आएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारको व्यापक आलोचना हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्