कविता : ‘बालापनमा गर्वका साथ भन्थे म त छोरी हुँ’

यशोदा रिमाल 
बालापनमा गर्वका साथ भन्थे
म त छोरी हु
छोरी हुनुमा खुशि छु
कहिल्यै पछुतो लागेन
जब केही बुझ्दैनथे
तर आज
हर दिन हर बिहान
नयाँ बलत्कारको घटना सुनिन्छ
कुन दिन आफुले नै भोग्नु पर्ने हो
डरै डर छ
कहिले निर्मला कहिले भागरथि
गुपचुप लुकाएका कयौं  सारथि
खै कहिले पाउँछन् न्याय
भोगिहनु पर्ने हो हर दिन अन्याय
अब त अति भो १८ ,२१
महिने दुधे बालिकाको बलत्कार पछि हत्या
लौन भनी दे सरकार
यस्तो खबरले कुन आमा चेलिको  मन नआतिएला
अझ पीडा सहने मान्छेलाई कस्तो भएको होला
उता सुतिहेकि सानि छोरिलाई हेर्छु
म छोरी हुदा  त्यहि डर र पीडा
अनि छोरि कि आमा हुदा नि त्यहि डर
 कहिले सम्म डरै डर त्रासै त्रासमा जिउने हो
हामी महिला
लौ न भनी दे सरकार
पिरै पिरमा ती गाउकि बुढि आमै सम्झिन्छु
बुहारीले छोरो जन्माईन भन्दै घरबाट निकाल्थिन
अनि आफ्नो अगाडि देखिने हर पुरुष
छोरो भाइ दाइ बुबा हजुर बुबा भिनाजु मामा काका शिक्षक हरेक साईना र नाम भित्र
 लुकिरहेको बलत्कारि देख्छु
हो आमा
आजभोलि म सबैलाई बलत्कारि देख्छु
तिमीहरुलाई चाहिदा त
 नेपालको कानुन संशोधन भईरन्छ
लौन सरकार
यो कानुन पनि पुर्न संशोधन गरि दे
बलत्कारिलाई कहालिलाग्दो मुत्यु फाँसी दे
फेरि अर्को बलत्कारको घटना नदोहोरियोस्
ए सरकार
 अब त भनिदे  समाज परिवर्तन हुनेछ
हरेक नारि सुरक्षित हुने छे

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्