समीक्षाको शरीरबाट देव्रे मिर्गौला निकालियो, प्रधानमन्त्री ओलीको शरिरमा मृगौला प्रत्यारोपण गरिदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका छन् ।

शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देव्रे मिर्गौला निकालिएको छ । अब प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिनेछ । ’शल्यक्रिया गरेर समीक्षाको देब्रे मिर्गौला निकालिएको छ’, एक चिकित्सकले भने, ’अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिसक्छौं ।’

मिर्गौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने चिकितस्कहरुले बताएका छन् । प्रधानमन्त्रीको मिर्गौला शल्यक्रिया जारी रहँदा त्रिवि शिक्षण अस्पतालमा सयौँको संख्यामा शुभचिन्तकहरु जम्मा भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्