प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन चैत १ गते मतदान हुने

प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन चैत १ गतेका लागि मतदान कार्यतालिका तोकिएको छ । फागुन २३ गते मतदान हुने भनिएको कार्यक्रम स्थगित गरी चैत १ गतेका लागि मतदान कार्यतालिका तोकिएको छ ।
कार्य सम्पादन समितिको बैठकले फागुन २२ गते प्रदेश सभाको बैठक बसेर २३ गते मतदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश सभा सचिवालयले सूचना पनि जारी गरियो तर विशेष कारणवश सो कार्यक्रमलाई स्थगित गरेको हो । फागुन ३० गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान गराउने सदन सचिवालयले तयारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्