आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने, भाेलि आजको भन्दा धेरै पानी पर्ने

आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

पश्चिमी वायु अझै फैलिने भएकाले बिहीबार आजको भन्दा धेरै पानी पर्ने उहाँको अनुमान छ । प्रिम–नसुन सुरु भैसकेकाले बिहान मौसम खुले पनि दिउँसोपछि हुरीबतास चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु स्वभाविक हुने मौसमविद्हरुको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्