प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार (आज) दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो ।
त्यसका लागि प्रधानमन्त्री सोमबारदेखि नै अस्पताल भर्ना भएका छन् । १२ वर्षअघि पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज बुधबार बिहान ९ बजे मिर्गाैला प्रत्यारोपण गरिनेछ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने झापाकी समीक्षा संग्रोलाले मिर्गौला दिनेछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्