आज शपथ लिने नयाँ १८ राष्ट्रियसभा सदस्य, कार्यकाल सकिएका १९ सदस्यहरु (नामावलि)

राष्ट्रियसभामा नवनिर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भउका छन । गत माघ २४ गते गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ सदस्यले आज बिहान ११ बजे संघीय संसद् भवनमा शपथ लिनुहुनेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल मंगलबारबाट सकिएको छ । त्यही रिक्त स्थानमा पद पूर्तिका लागि माघ २४ गते निर्वाचन गरिएको थियो ।

पहिलोपटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो । जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको हो । निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिट जित्दा अन्य दलले कुनै पनि स्थानमा विजय हासिल गर्न सकेनन् । १९ सदस्यमध्ये १ जना भने राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ ।

जसमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई लाने निर्णय नेकपा सचिवालय बैठकले गरिसकेको छ । तर यसमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले भने असहमति जनाइरहेका छन् ।

यी हुन् आज शपथ लिने १८ सदस्य

  • इन्दिरादेवी गौतम
  • गोपीबहादुर सार्की अछामी
  • तुलसाकुमारी दाहाल
  • राधेश्याम पासवान
  • शेखरकुमार सिंह
  • देवेन्द्र दाहाल
  • मायाप्रसाद शर्मा
  • मृगेन्द्रकुमारसिंह यादव
  • गङ्गाकुमारी बेल्बासे
  • तारामान स्वाँर
  • भगवती न्यौपाने
  • नारायणकाजी श्रेष्ठ
  • विमला घिमिरे
  • जगप्रसाद शर्मा
  • गोपाल भट्टराई
  • सुमित्रा बिसी
  • शारदादेवी भट्ट
  • वेदुराम भुसाल

यी हुन् कार्यकाल सकिएका १९ सदस्य

  • कमलाकुमारी ओली
  • कालीबहादुर मल्ल
  • रमेशप्रसाद यादव
  • खेमराज नेपाली
  • धनकुमारी खतिवडा
  • बद्रीप्रसाद पाण्डे
  • हरिचरण शिवाकोटी
  • मीना बुढा
  • मुक्ताकुमारी यादव
  • डा. युवराज खतिवडा
  • युटोल तामाङ
  • वृषेशचन्द्र लाल
  • सुरेन्द्रराज पाण्डे
  • राजकुमार कुँवर
  • रामपृत पासवान
  • विन्दादेवी आले राना
  • बलरामप्रसाद बाँस्कोटा
  • सरिता प्रसाईं

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्