भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जालबाट अलग्गिने निर्णय, धेरैले रूचाएनन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबारबाट सामाजिक सञ्जालबाट अलग्गिने सोच बनाएको बताउनुभएको छ । आकस्मिकरुपमा उहाँले आफ्नो आधिकारिक फेसबुक एकाउण्टबाट उक्त घोषणा गर्नुभएको हो ।
सोमबार राती १०ं.०० उहाँले आफ्नो सामाजिक सञ्जाल ‘नरेन्द्र मोदी’बाट आफू फेसबुक, ट्वीटर, यूट्युब र इन्स्टाग्रामबाट अलग्गिने जानकारी साझा गर्नुभएको हो । उहाँको उक्त जानकारीमा करिब ६६ हजार व्यक्तिले प्रतिक्रिया दिनुभएको छ । त्यसैगरी, १३ हजारले उक्त पोष्टलाई शेयर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय हुनुहुन्छ । उहाँले आफू समाजिक सञ्जालबाट अलग भए पिन अरूलाई भने पोष्टिड जारी राख्न आग्रह गर्नु भएको छ ।
फेसबुकमा अलग्गिने निर्णय साझा गर्नुअघि उहाँलाई ट्वीटरमा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीको ट्वीटरमा करिब पाँच करोड ३३ लाखले पछ्याएका छन् । फेसबुकमा करिब ४ करोड ४५ लाख र इन्स्टाग्राम उहाँलाई पछ्याउनेको संख्या करिब तीन करोड छन् ।
प्रधानमन्त्रीको उक्त जानकारीमाथि सकारात्मक र नकारात्मक दुबैथरिका टिप्पणी गर्नेहरु छन् । अश्विन एमसी नामको फेसबुक प्रयोगकत्र्ताले लेखेका छन्, “कारोना भाइरस सामाजिक सञ्जालबाट फैलिन्न, घृणामात्र फैलिने हो, तपाई यी माध्यमहरुलाई निरन्तरता दिनसक्नुहुन्छ ।”
विष्णु वद्र्धन प्रयोकत्र्ताले लेख्नुभएको छ, “भारतमा बजार गर्ने फेसबुक, ट्वीटर जस्ता माध्यमको साटो मोदी सरकारले सामाजिक सञ्जालमा जोडिने एउटा अलग्गै माध्यमको विकास गर्नुपर्छ ….”
मोदीले आइतबारदेखि आफू सामाजिक सञ्जालबाट अलग्गिने सोच बनाएको बताइरहँदा कतिपयले उहाँले आफ्नो निर्णयमा पुनर्विचार गर्नुहुने धारणा राखेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्