दार्चुला र बैतडीसँग जोडिएका नेपाल भारत सीमानाका आजदेखि चार दिनका लागि बन्द

काठमाडौं– भारतसँग सिमाना जोडिएका दार्चुला र बैतडी जिल्लाका सिमानाकाहरु चारदिनका लागि बन्द हुने भएको छ ।

उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् । नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुनेछन् ।

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका बन्द हुन लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्