मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सह–अध्यक्षमा पन्त निर्वाचित

मिडिया एक्सन नेपाल (म्यान) का अध्यक्ष लक्ष्मणदत्त पन्त विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने विश्वव्यापी नेटवर्कको सह–अध्यक्षमा निर्वाचित भएका छन् । हिजो (फेब्रुअरी ८) मा पन्तलाई निर्वाचित गरेको हो ।

बिभिन्न देशका २२ संस्था मिलेर बनेको उक्त नेटवर्कले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई हानि गर्नेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसनलाई सल्लाह दिने गर्दछ ।
मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो । गत महिना, नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो ।

नेपाल लगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ ।यस कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्ने सह अध्यक्ष पन्तले बताउनुभयो ।

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल १९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेशनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जिएन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट , कमिटि टु प्रोटेक्ट जर्नालिष्टस् , पब्लिक मिडिया अलायन्स, इन्टरन्युज यूरोप, आइफेक्स, फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डि डब्लु एकेडेमी लगायतका २२ ओटा सस्थाहरु रहेका छन् ।

स्वतन्त्र पत्रकार समेत रहेका पन्त नेपाली सञ्चारक्षेत्रका विज्ञ व्यक्तिको रुपमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्