इन्द्रावती गाँउपालिकाले ल्यायो १५ शैय्याको प्राथमिक अस्पताल संचालनमा

काठमाडौँ – सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाले प्राथामिक अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालमा रुपमान्तरण गरि १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल संचालनमा ल्याएको हो । सोमबार एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गरेका थिए । मन्त्री लामाको प्रमूख आतिथ्यतमा र गाउँपालिका अध्यक्ष वंशलाल तामाङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

अस्पताल संचालनमा आएसँगै स्थानीय खुसी भएका छन् । गाउँमै सञ्चालनमा आएको अस्पतालले दैनिक बिरामी जाँच, आकस्मिक सेवा, प्रयोगशाला, प्रसुती सेवा, अपरेटिङ माइनर, इसीजी एक्सरे सेवा लगायतका सेवाहरु अस्पतालले प्रदान गर्ने गाउँपालिकका अध्यक्ष वंशलाल तामाङले बताए । यो अस्पतालले गाउँको स्वास्थ्य सेवालाई थप टेवा पुग्ने अध्यक्ष तामाङको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्