नीति अनुसन्धान प्रतिष्ठान विकास समितिकोे कार्यकारी अध्यक्षमा डा‍‍. विष्णुराज उप्रेती नियुक्त

सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिकोे कार्यकारी अध्यक्षमा डा विष्णुराज उप्रेतीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको गएको फागुन १२ गतेको निर्णयअनुसार सरकारले दोलखाका डा उप्रेतीलाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । सरकारले अपनाउने वा अपनाएका नीतिहरूको अध्ययन, विश्लेषण र अनुसन्धान गरेर सुधारका लागि सिफारिस गर्ने उद्देश्यले गठित तीन वर्षे कार्यावधि भएको प्रतिष्ठानका तत्कालीन कार्यकारी अध्यक्ष डा चैतन्य मिश्रले गएको जेठमा राजीनामा दिएपछि यो पद रिक्त अवस्थामा रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्