६ किलो २८९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौबाट विरगञ्जतर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार मजिदलाई मंगलबार बिहान हेटौंडा–१५ रातोमाटेमा जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरिएको हो ।
फलामको बेरिङ्गमा लुकाएर ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी अब्दुललाई सुनसहित सार्वजनिक गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्