श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिक पक्राउ

श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ । आरुघाट गाउँपालिका–३ सोतीमा निर्माण हुन लागेको अपर बुढीगण्डकी जलविद्युत आयोजनामा काम गर्दै आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको थियो ।

उनीहरु मध्ये केहीसँग पासपोर्ट समेत नभएको र ‘पासपोर्ट भएकाहरुको पनि श्रम स्वीकृति नरहेको पाइएको छ । जलविद्युत आयोजनाको प्रारम्भिक सर्भेका लागि माटो परीक्षण लगायतका काम गर्दै आएका उनीहरुलाई सोतीबाट नियन्त्रणमा लिइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्