अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार राजीनामा दिनुभएको छ ।

मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष बुझाएको शितल निवास स्रोतले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए पनि सरकारले उहाँलाई ६ महिनाको लागि मन्त्री बनाउन चाहेमा बाटो खुलै रहेको छ । तर ६ महिनाभित्र उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ । सरकारले भने खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने र अर्थमन्त्रीमा दोहोर्‍याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्