दक्षिण कोरियाद्वारा काेरनाविरूद्ध युद्धको घोषणा, २५ अर्ब अमेरिकी डलर बिनियाेजन

दक्षिण कोरियाले कोभिड–१९ विरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार आफ्नो देश यो भाइरसको संक्रमण नियन्त्रणका लागि युद्धमा गइसकेको बताएका हुन् । राष्ट्रपति मुनले कोरोना रोकथामका लागि २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिएका छन् ।

साथै देशका सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन पनि दिएका छन्। दक्षिण कोरियामा हिजो सोमबार मात्र ६ सय जना थप संक्रमित भएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ जना पुगेको छ । संक्रमणबाट कोरियामा अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्