भाइरस प्रभावित देशहरुलाई दिदैं आएको आगन्तुक (अन अराइभल) भिषा सुविधा स्थगित

सरकारले कोरोना भाइरसको सङ्क्रमण विश्वभर बढ्दै गएपछि भाइरस प्रभावित देशहरुलाई दिदैं आएको आगन्तुक (अन अराइभल) भिषा सुविधा स्थगित गरेको छ । सरकारले कोरोनाले सबैभन्दा बढी प्रभावित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानबाट नेपाल भ्रमणमा आउने ती देशका नागरिकहरुलाई आगामि मंगलावार देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय विमानस्थलमा दिदैं आएको आगन्तुक भिषा नदिने निर्णय गरेको हो ।

सङ्क्रमण विश्वव्यापी बन्दै गएको र विश्व स्वास्थ्य संगठनले समेत आवश्यक सतर्कता अपनाउन भनेकोले तत्कालका लागि विमानस्थलमा नै दिइदैं आएको भिसाको सुविधा बन्द गर्न लागिएको अध्यागमन विभागले जनाएको छ । तर सम्वन्धित देशका नागरिकहरुले ती देशमा रहेका नेपाली दूतावासबाट भिषा लगाएर भने भ्रमणमा आउन सक्ने विभागले जानकारी दिएको छ । तर त्यसका लागि उनीहरुले भिषा आवेदन संगै निरोगिताको प्रमाण पुष्टीहुने हालसालै गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने पनि जनाइएको छ ।

सरकारले कोरोनाको सङ्क्रमण बढेपछि सतर्कताका लागि अत्यावश्यक अवस्थाबाहेक काम, अध्ययन, घुमफिरका लागि विदेश नजान पनि अनुरोध गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘नो अब्जेक्स लेटेर’ पनि तत्कालका लागि स्थगित गरिने भएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी विवाह, पार्टीजस्ता कुराहरुलाई पारिवारिक जमघटमा सीमित राख्न समेत मन्त्रालयले आग्रह गरेको छ । सर्वसाधारणलाई अनावश्यक भिडमा नजान र मास्क प्रयोग गर्न समेत आग्रह गरिएको छ ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्