अनुयायीमाथि जबरजस्तीकरणी आरोपित सिद्धबाबाले अदालतमा गरे आत्मसमर्पण

अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
उच्च अदालतले माघ ९ मा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको थियो ।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्