नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा गायक भानुभक्त जोशी

काठमाडाैँ –  नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले चर्चित देउडा गायक भानुभक्त जोशीलाई नेपाल साँस्कृतिक संघ तदर्थ कार्य समिति, बैतडीको अध्यक्षमा नियुक्त गरेको छ । सोमबार गायक जोशीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघको जिल्ला कार्य समिति लामो समयदेखि निष्कृय रहेकोले नेपाल साँस्कृतिक संघलाई गतिशिल तथा चलायमान बनाउने उद्देश्यले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखि गायक जोशीलाई उक्त जिम्मेवारी दिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले जनाएको छ ।

नेपाली कांग्रेसको आदर्श मूल्य मान्यतालाई आत्मसाथ गरि नेपाल साँस्कृतिक संघको प्रचलित विधान तथा नियमावली बमोजिम संघको संगठन विस्तार गर्ने प्रयोजनका लागि यथासिघ्र दशवटै पालिकामा समावेशी हुने गरि बाँकि जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको नाम नेपाली कांग्रेस जिल्ला कार्य समितिमा बुझाई सबै क्षेत्र भूगोलमा सदस्यमा वितरण गरि जिम्मेवारी प्राप्त गरेको ६ महिनाभित्र संघको विधान बमोजिम अधिवेशन सम्पन्न गराउन समेत जिल्ला कार्यसमितिले निर्देशन दिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. ६ सित्तडमा जन्मेका गायक भानुभक्त जोशीले थुप्रै गीति एल्बम सार्वजनिक गरिसकेका छन् । नयाँ प्रतिभाहरुलाई समेत स्थान दिदैँ आएका चर्चित गायक जोशी आफुले सृजना गरेको गीतहरुमा नव गायकहरुलाई समेत रेकर्ड गर्न सहयोग गर्नुभएको छ । उहाँले सुदूरपश्चिम क्षेत्रमा देउडा क्षेत्रलाई जीवित राख्न र स्थिर रहेको गीतसंगीतलाई चलायमान दिन अहम् भूमिका निर्वाह गर्नुभएको छ । उहाँले गीत संगीत सँगसँगै सुदूरपश्चिमको भाषालाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले थुप्रै डोटेली हाँस्य टेलिश्रृङ्खलाका साथै डोटेली भाषामा निर्माण गरिएका चलचित्र समेत सार्वजनिक गर्नुभएको छ । उहाँको चलचित्र “ण” ले पनि धेरै राम्रो स्थान पाएको थियो ।

विक्रम संवत २०४४ साल मंसिर १६ गते बुवा दुर्गादत्त जोशी र आमा रोहिना जोशीको कोखबाट जन्मिएका गायक जोशीले विक्रम संवत २०६५ सालमा पहिलो गीति एल्बम “सुनिता सुन कमल” सार्वजनिक गर्नुभएको थियो । उहाँको पहिलो एल्बममा नै थुप्रै श्रोताहरुको माया पाएपश्चात उहाँले गीत संगीत क्षेत्रलाई निरन्तरता दिनुभयो । उहाँ गीतसंगीत तथा कलाकारीता क्षेत्रसँगै लेखनमा पनि उत्तिकै अग्रपंक्रिमा हुनुहुन्छ । उहाँले थुप्रै किताबहरु पनि सार्वजनिक गर्नुभएको छ । उहाँका सबै गीतसंगीतहरु चर्चामा आएका भएर अझै पनि पुराना गीतहरु सबैको मनमनमा बसिरहेका हुन्छन् । उहाँको प्रतिभालाई सम्मान गर्दै थुप्रै मेला, महोत्सवमा समेत उहाँलाई निम्ता आउने गर्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्