१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय युवक पक्राउ

सांकेतिक तस्विर

भोजपुर – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रसाद राई गाउँपालिका-३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती किशोरीलाई भोजपुर नगरपालिका-७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्