श्रीलंकामा संसद भङ्ग, मध्यावधि चुनाव आउँदो बैशाख १३ गते

काठमाण्डौ – श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेका छन् ।

संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा गरेका छन् । सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधि रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका हुन् ।

वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो ।

सरकारी सूचनाका अनुसार मध्यावधि चुनाव आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्को पहिलो सत्र सुरु हुनेछ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्