रक्सी खाएर मात्तिएका वडाध्यक्षलाइ स्थानीयले रामधुलाइ गरेपछि

धनगढी – मदिराले लठ्ठ परेका वडाध्यक्ष लाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर कुटपिट गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी से १ ब ६७७ नम्बर को सेतो प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएर तोडफोड गरेका हुन ।                                                                          भीम देउवाका बिश्वाशिलो पात्र भएकाले गाउँमा आफुलाइ कसैले केही गर्न नसक्ने भन्दै स्थानीय लाई गाली गलौज गरेको स्थानीयले बताएका छन । मदिरा सेवन गरि सार्वजनिक विदाको दिन मोटरसाइकल चलाएको हुनाले स्थानीयहरुले तोडफोड गरेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय चौमलाले भने यस बिषयमा थप अनुसन्धान भइ रहेको र तोडफोड गर्ने नरि चौधरी लाई पक्राउ गरि माथि पठाएको बताएको छ । जगत राम चौधरी नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष हुन् भने हालै सम्पन्न जिल्ला अधिबेशनबाट एमाले जिल्ला कमिटी सदस्य बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्