नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा भीमदत्तका मेयर विष्टको उम्मेदवारी

कञ्चनपुर – नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । दुबै जनाका बीचमा सहमति गराउने प्रयास गरेपनि सहमति नभएपछि निर्वाचन प्रकृया अघि बढेको छ ।

यस्तै उपाध्यक्षमा महेश पन्त, चिनी गिरी र लक्ष्मी बुढाको उम्मेदवारी परेको छ । सचिवमा अशोककुमार चन्द र पल्बराज भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी उपसचिवमा फैरु तामाङ, कर्णबहादुर चन्द, ईश्वरा कुँवर र शेरबहादुर चन्दको उम्मेदवारी दर्ता भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्