एमाले कञ्चनपुरको सचिवमा युवा नेता चन्दको उम्मेदवारी

कञ्चनपुर – बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेकपा एमाले कञ्चनपुरको सचिव पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि नेकपामा क्रियाशिल चन्दले सचिव पदमा उम्मेद्वारी दिएका हुन् ।

२०४६ सालदेखि राजनीतिमा लागेका चन्द मिलनसार र विकासवादी मेयरका रुपमा चिनिन्छन् । उनी विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन् । २०५६ सालदेखि एमाले युवा संगठन युवा संघ नेपालमा आवद्ध भए । युवा संघको दुई कार्यकाल सचिव र जिल्ला अध्यक्ष भएर संगठन निर्माणमा जुटेका चन्द युथ फोर्सको नेतृत्व गर्दै युवा संघ नेपालको केन्द्रिय सचिवसमेत भए ।

२०६६ सालदेखि पार्टीको सचिवालय सदस्य भएर काम गरेका चन्द ०७५ सालमा पार्टीको सुदूरपश्चिम प्रदेश सदस्य भए । बेदकोटका नगर प्रमुख (मेयर) चन्द नेपाल नगरपालिका संघको केन्द्रीय समितिको सचिवालय सदस्य, अन्तर सरकारी बित्त परिषद्को सदस्य पदमा रहेर काम गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्