कोरोना भाइरसको सं‌क्रमण आशंकामा दुई नेपाली टेकुमा अस्पताल भर्ना

काठमाडौं – चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण भएको आशंकामा अस्पताल भर्ना भएका छन् ।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका अस्पतालले जनाएको छ ।

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्