प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, नातिनीले मृगौला दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् ।

सन् २०१३ मा ‘मेनिन्जाइटिस’ भयो । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका उनलाई ग्राण्डीमा रिफर भएपनि उपचार सम्भव भएपछि बैंकक गलिएको थियो । त्यहाँ महिना दिनभन्दा लामो उपचारका क्रममा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।

उनी बेलाबेला स्वास्थ्य परीक्षणका लागि विदेश गइरहन्थे । पछिल्लो पटक १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गए । २७ साउन स्वदेश फर्किएका उनको मिर्गौलाले राम्रोसँग काम नगरेपछि ५ भदौमा फेरि सिंगापुर पुगे ।

नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । तर यो उपचारले पनि राम्रोसँग काम नगरेपछि २ कात्तिकमा फेरि अस्पताल पुगे । ४ गते बुधबार फेरि अस्पताल पुगेका उनको आकस्मिक रुपमा डायलाइसिस गरियो ।

त्यसयता उनको नियमित डायलासिस गरिँदै आएको छ । उनीसामू नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प थियो । चिकित्सकहरुसँग लामो परामर्शपछि उनले पुनः प्रत्यारोपणको विकल्प रोजेका छन् ।

नातिनीले मृगौला दिने

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् ।

प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्