नेकपा अध्यक्ष दाहाल माथि जुत्ता प्रहार : वर्गसंघर्षको कुरा चित्त बुझेन : तिरुवा

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर प्रचण्डलाई उनले प्रहार गरेको जुत्ता भने लागेन । जुत्ता हानेपछि पक्राउ परेका तिरुवाले प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफुलाई आक्रोशित बनाएको वयान दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भाषणको क्रममा गरेको बर्गसंघर्षको कुरा आफूलाई चित्तै नबुझेको बताए । उनले यही आवेगमा प्रचण्डमाथि जुत्ता हानेको प्रतिक्रिया दिए ।

उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्