समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा कार्की

दार्चुला – नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा लोकेन्द्रसिह कार्की चयन भएका छन् ।

आइतबार कार्कीको संयोजकत्वमा १३ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल दार्चुला कार्यसमिति गठन गरिएको हो ।

समितिको सह–संयोजकमा हरिश नाथ र मदन नाथ, सचिवमा अमर खत्री, सह—सचिवमा मिना धामी र कोषाध्यक्षमा गोविन्द सिंह धामी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जगदिश जोशी, प्रकाश सिह कार्की, तारा प्रसाद विष्ट, निशा विष्ट, धनकुमारी धामी, कपुर पन्त र जनक सिह धामीलाई चयन गरिएको छ । केही दिनमै जिल्ला भेला आयोजना गरिने प्रदेश संयोजक नरेन्द्र भट्टले जानकारी दिए । आइतबार जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्