घट्यो सुनको मूल्य

काठमाडौं -सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेर रु. ९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार पाँच सय कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु. ९२ हजार सात सय तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर रु. एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्