दार्चुलामा बालबालिकालाई विद्यालबाट खोप लगाउन सुरु

दार्चुला – दार्चुलाका बालबालिकालाई विद्यालबाट खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि नौ वटै पालिकाका विद्यालयबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा उक्त उमेर समूहका बालबालिकाको संख्या २१ हजार रहेको छ । पुस ९ सम्म लक्षित उमेरका सबै बालबालिकालाई पहिलो मात्रा खोप लगाइसक्ने स्वास्थ्य कार्यालय दार्चुलाको योजना छ । दार्चुलामा हालसम्म ६७ प्रतिशले कोरोनाविरुद्ध पूर्ण खोप लगाएको र ७१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्